Logo

काठमाडौंमा आजबाट भेरोसेल खोप लगाउने कार्यक्रम पुनः सुरु हुँदैं, यी चारवटा अस्पतालबाट उपलब्ध हुनेछ सेवा

काठमाडौंमा आजबाट भेरोसेल खोप लगाउने कार्यक्रम पुनः सुरु हुँदैं, यी चारवटा अस्पतालबाट उपलब्ध हुनेछ सेवा



काठमाडौं । काठमाडौं महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम आज र भोलि हुने भएको छ । खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुनस् सुरु हुन लागेको हो ।

भेरोसेल खोप कार्यक्रम आज भोलि मात्र सञ्चालन हुने बताइएको छ । यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो । तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने काम हुने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL