Logo

काठमाडौंमा रोकिएको खोप कार्यक्रम सोमबारदेखि पुनः सुरु हुँदै, यी चार अस्पतालबाट खोप लगाउन सकिने

काठमाडौंमा रोकिएको खोप कार्यक्रम सोमबारदेखि पुनः सुरु हुँदै, यी चार अस्पतालबाट खोप लगाउन सकिने



काठमाडौं । काठमाडौं महानगरपालिकामा रोखिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबारदेखि पुनः सुरु हुने भएको छ ।

६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो डोज खोप लगाइने भएको हो । महानगरमा यसअघि काठमाडौंका सबै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो ।

त्यसपछि सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै जेठ २८ गतेदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो । तर यो पटक खोप भने वडा कार्यालयमा नभइ अस्पतालहरुमा खोप लगाइनेछ ।

वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने कार्यक्रम राखिएको छ । यसअघि, पाँच दिनसम्मका लागि तोकिएको खोप कार्यक्रम तीन दिनमा नै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL