Logo

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज ६०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासंंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL