Logo

५ पूर्व प्रधानमन्त्रीका आरोप : प्रधानमन्त्री सत्तामा लिप्त भए, न्यायलयलाई धम्क्याए

५ पूर्व प्रधानमन्त्रीका आरोप : प्रधानमन्त्री सत्तामा लिप्त भए, न्यायलयलाई धम्क्याए



काठमाडौं । नेपालका ५ पूर्व प्रधानमन्त्रीहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा सत्तामा लिप्त भएको आरोप लगाएका छन् । ओलीलाई अदालतलाई धम्क्याएको आरोप लगाएका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले उक्त आरोप लगाएका हुन्

। पछिल्लो समय देश कोरोना महामारी र प्रधानमन्त्री ओलीले गरेको असाधारण व्यवहारले आक्रान्त भएको उल्लेख गरेका छन् । संंयुक्त विज्ञप्तिमा राष्ट्रघाती निर्णयहरु आफैल स्वेच्छाचारी ढंगले गरिरहेको र यसले आफ्नो घर जलाएर खरानी बेच्न लागेको आरोप लगाईएको छ ।

जसका कारण देश नै बाहिरी शक्तिले हस्तक्षेप गर्न लागेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै हालको सरकारले चुरे, र महाभारत श्रृंखला मास्ने गरी ढुंगा उत्खनन् गरी बेच्ने निर्णय गरेपछि जंगल मासिने र पानीका मुहानहरु सुक्ने सम्भावना रहेको उनिहरुको भनाई छ ।

पछिल्लो समय वर्तमान प्रधानमन्त्रीले विभिन्न तरिकाले न्यायलयलाई धम्क्याउने, मनपरी ढंगले मन्त्रिपरिषद् विस्तार गर्ने र स्वेच्छाचार ढंगले विभिन्न राष्ट्रघाती निर्णयहरु गरेको आरोप लगाईएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL