Logo

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त, पाउलान त विश्वासको मत

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त, पाउलान त विश्वासको मत



काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार विपक्षी गठबन्धनको तर्फबाट नेपाली काग्रेसका प्रदेश सांसद पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेसँगै उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसलगत्तै प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तीका लागि आवह्न गरेकी थिईन ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । सोही अनुरुप प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्य मन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा नियुक्त पोखरेलले प्रदेशसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ

प्रतिक्रिया दिनुहोस्
MBL