Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । उनले आज विश्वासको मत नपाएसँगै पदमुक्त भएका हुन् । 

यसअघि बैशाख २९ मा  दोस्रो पटक प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोही अनुरुप उनले आज प्रदेशसभामा विश्वासको मत मागेका थिए । कुल ६० संसद् रहेको गण्डकी प्रदेशमा उनको पक्षमा २७ मत मात्रै परेपछि पदमुक्त भएका हुन् । 

आज भएको प्रदेशसभामा ५८ जना संसद् उपस्थित भएका थिए । जसमध्ये ५७ जनाले मतदान गर्दा उनको विपक्षमा ३० मत खसेको छ ।


अब संविधानको धारा १६८(५) अनुसार गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL