Logo

मन्त्रिपरिषद् विस्तार : एक राज्यमन्त्री सहित ७ मन्त्री थपिँदै, आजै सपथग्रहण (सूचिसहित)

मन्त्रिपरिषद् विस्तार : एक राज्यमन्त्री सहित ७ मन्त्री थपिँदै, आजै सपथग्रहण (सूचिसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई  पूर्णता दिने भएका हुन् ।

उक्त स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीले पाउने भएका छन् भने संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापाले पाउने भएकी छिन् । यसैगरी ओली सरकारले माधव झलनाथ खेमाका गणेश पहाडीलाई ओफ्नो क्याम्पमा ल्याएर सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएका छन् ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा राजकिशोर यादव हुने भएका छन् । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने भएको छ । 

१. खगराज अधिकारी, गृहमन्त्री 

२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३. नारदमुनी राना, वनमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषिमन्त्री

६. . राजकिशोर यादव, उद्योगमन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८. आशा विक, वनराज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्
MBL