Logo

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाउन सुरु, कुन उमेरकाले लगाउन पाउँछन ?

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाउन सुरु, कुन उमेरकाले लगाउन पाउँछन ?



काठमाडौं । आजदेखि देशभर चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाउन सुरु भएको छ । उपत्यकामा ६० देखि ६४ तथा उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइनेछ ।

हिमाली क्षेत्रमा पटक(पटक खोप पुर्‍याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई नै खोप लगाइने भएको हो । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर केन्द्रमा जानसमेत महाशाखाले आग्रह गरेको छ ।

पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL