Logo

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोलाको मूल्य कति पुग्यो ?

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोलाको मूल्य कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले बढेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL