Logo

भन्सार एजेन्ट छनोटको परिक्षा कोरोनाका कारण स्थगित, अब कहिले हुन्छ ?

भन्सार एजेन्ट छनोटको परिक्षा कोरोनाका कारण स्थगित, अब कहिले हुन्छ ?



काठमाडौं । भन्सार विभागले भन्सार एजेन्ट छनोटको परिक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोनाका कारण सिर्जित परिस्थितीका कारण अर्काे सूचना नआउन्जेलसम्मका लागि उक्त परिक्षा स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै विभागले छनोटको परिक्षा स्थगित गरिएको जानकारी दिएको हो । विभागले जेठ २२ गते छनोटको परिक्षा हुनेगरी चैत १६ गते सूचना जारी गरेको थियो । अब विभागले भन्सार एजेन्ट छनोटको परिक्षा अर्काे सूचना आएको १५ दिनपछि हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL