Logo

पत्रकारलाई नेशनल ट्रेडिङको पम्पबाट मात्र तेल दिइने, ११ बजेबाट वितरण शुरु

पत्रकारलाई नेशनल ट्रेडिङको पम्पबाट मात्र तेल दिइने, ११ बजेबाट वितरण शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले भोली पनि पत्रकारहरुलाई नेशनल ट्रेडिङको पम्पबाट मात्र पेट्रोल उपब्ध गराउने भएको छ । पत्रकारलाई सहज रुपमा अरु पम्पबाट पेट्रोलियम वितरण गर्ने भनिएपनि त्यस विषयमा निर्णय हुन नसक्दा हालका लागि नेशनल ट्रेड्रिङबाट मात्र दिन लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । तर, आगामी हप्ता भने थप अन्य पम्पबाट पनि वितरण गरिने उनले जानकारी दिए ।

घिमिरेका अनुसार शुक्रबार ११ बजेबाटै पेट्रोल दिन शुरु गरिने भएको छ । अघिल्लो हप्ता १ बजेबाट वितरण गर्दा ढिलाई भएकाले चाडै नै वितरण गर्न लागिएको हो । निगमले यपटक बाइकमा ५ लिटर र गाडीमा १० लिटर दिने भएको छ । अघिल्लो हप्ता बाइकलाई ३ लिटर मात्र दिइएको थियो ।

उक्त पम्पबाट सुचना विभागको पास भएका सवै पत्रकारलाई पेट्रोल दिइने भएको छ । सुचना विभागको पास लिएर लाइनमा आउने पत्रकारलाई राती अवेरसम्म भएपनि तेल दिइने निगमले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL