Logo

युवा उद्यमी संघको चौथो बार्षिक साधारणसभा सम्पन्न, निरज कर्माचार्यको अध्यक्षतामा बन्यो नयाँ कार्यसमिति

युवा उद्यमी संघको चौथो बार्षिक साधारणसभा सम्पन्न, निरज कर्माचार्यको अध्यक्षतामा बन्यो नयाँ कार्यसमिति



काठमाडौं । नेपाल युवा उद्यमी संघ काठमाडौं च्याप्टरको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । निरज कर्माचार्यको अध्यक्षतामा गत शुक्रबार संघको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

laxmi

भर्चुअल माध्यमबाट भएको उक्त साधारण सभामा संघको नयाँ कार्यकारी समिति पनि चयन भएको छ । जसमा अध्यक्ष निरज कर्माचार्य सर्वसम्मतिले नियुक्त भएका छन् । यसअघि उक्त संस्थाको अध्यक्षमा समिक्षा राई थिईन ।

यस्तै संघको प्रथम उपाध्यक्षमा चिराग गोयल, द्वित्तिय उपाध्यक्षमा प्रार्थना साखः रहेकी छिन् । यसैगरी सदस्यहरुमा अभिमन्यु गोल्छा, आप्पा शेर्पा, चीज तामाङ, दिपिका श्रेष्ठ, ईच्छा मल्ल, रसना श्रेष्ठ तथा सुविन श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL