Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ हजार ८५० संक्रमित, ५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ हजार ८५० संक्रमित, ५२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० जनामा कोराना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै मन्त्रालयले हालसम्म विभिन्न समयमा कोरोनाका कारण मृत्यु भएका तर सरकारी तथ्यांकमा समावेश नभएका २६ जना संक्रमितलाई पनि आजै मृतकको संख्यामा जोडेको छ । यसरी जोड्दा आज मृतकको संख्या ८८ जना हुन आउँछ ।

यस्तै आज काठमाडौँ उपत्यकामा ४ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ३ हजार १ सय ६१ जना, भक्तपुरका ५ सय ४, ललितपुरका ५ सय ३३ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL