Logo

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिश

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिश



काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिश भएको छ । आज बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिश गरेको हो ।

रेग्मीको स्थायी घर झापा हो । उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाजु हुन् ।

आइतबार बसेको संबैधानिक परिषदको बैठकमा परिषदका सदस्य रहेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित रहेका थिए 

प्रतिक्रिया दिनुहोस्
MBL