Logo

३ बर्षभीत्र ५ कृषि उपजमा आत्मनिर्भर बन्ने सरकारको तयारी, निर्यातको समेत योजना

३ बर्षभीत्र ५ कृषि उपजमा आत्मनिर्भर बन्ने सरकारको तयारी, निर्यातको समेत योजना


बिजखबर संवाददाता
0
Shares

कठमाडौ । सरकारले विभिन्न पाँच कृषि उपजमा मुलुकलाई ३ बर्षमा आत्मनिर्भर बनाउने तयारी थालेको छ । सरकारको कृषि विकास मन्त्रालयले धान, तरकारी, चिया, दूध र माछामा आत्मनिर्भर बनाउने तयारी थालेको हो ।

त्यस्तै निर्यात समेत गर्ने तयारी थालेको कृषि विकास मन्त्री हरिबोल गजुरेलले जानकारी दिए । यी पाँच अत्याधिक आयात हुने पाँच उत्पादन हुन् ।

यसका लागि हालै सार्वजनिक दीर्घकालीन कृषि रणनीति (एडीएस) लाई आधार मानेर आगामी वर्षदेखि विशेष कार्यक्रम ल्याइने मन्त्रालयद्वारा शुक्रबार आयोजित कृषिमा आत्मनिर्भरताको अवस्थास् प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गजुरेलले जानकारी दिए ।
नाकाबन्दीका कारण कृषिजन्य उद्योग कच्चा पदार्थको अभावमा देखिएकोले आगामी तीन वर्ष्भित्रमा कम्तीमा पाँचवटा कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने तयारी गरेका हौ ’ उनले भने ।
त्यसैगरी मासु, दलहन, मकै, स्याउ, तेलहन, आलुका क्षेत्रमा पनि आत्मनिर्भरउन्मुख कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए । सो अवसरमा मन्त्रालयको योजना महाशाखाका सहसचिव योगेन्द्र कार्कीले चालू आर्थिक वर्षको धानबालीको क्षेत्रफल १४ लाख २० हजार पाँच सय ७० हेक्टरलाई विस्तार गरेर आगामी आर्थिक वर्षमा १४ लाख ७६ हजार पाँच सय ४० हेक्टरमा र्पुयाइने बताए ।
यसैगरी ३ दशमलव १७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व बढाएर आगामी तीन वर्षमा ३दशमलव६६ मेट्रिक टन र्पुयाइनेछ । चालू आर्थिक वर्षमा भएको चामल आयात दर पाँच लाख ३० हजार मेट्रिक टनलाई घटाएर तीन वर्षपछि १० हजार पाँच सय ५७ मेट्रिक टन निर्यात गर्ने लक्ष्य राखिएको छ।

यसैगरी दूधतर्फ चालू आर्थिक वर्षमा रहेका २३ लाख ९५ हजार तीन सय ८७ वटा पशुपन्छीको संख्या बढाएर आगामी तीन वर्षमा २४ लाख चार हजार पाँच सय ६४ र्पुयाउने लक्ष्य छ ।

यस्तै तरकारी खेती गरिएको क्षेत्रफल दुई लाख ४८ हजार हेक्टरलाई बढाएर दुई लाख ५० हजार हेक्टर र्पुयाइनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL