Logo

भाडाका गाडीलाई जोर विजोरका आधारमा तेल दिइने, स्कुल बसलाई सोमवार र विहीवार

भाडाका गाडीलाई जोर विजोरका आधारमा तेल दिइने, स्कुल बसलाई सोमवार र विहीवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले भाडाका गाडीलाई जोर विजोरका आधारमा डिजेल उपलब्ध गराउने भएको छ । निगमले माइक्रोलाई १५, मिनिबसलाई २० र सिटीबसलाई ३० लिटर डिजेल उपलब्ध गराउने भएको हो ।

त्यस्तै स्कुल कलेजका सवारीलाई लाई सोमवार र बिहीवार डिजेल उपलब्ध गराउने जानकारी दिएको छ । जसअनुसार त्यस्ता सवारीलाई प्रति बस ३० लिटर डिजेल दिइने छ ।

त्यसैगरी पर्यटन सेवामा संलग्न रहेका सवारीलाई रुट हेरी चलानीको आधारमा इन्धन दिइने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL