Logo

नेपाल र भारतबीच आज मोटर सम्झौता हुँदै, दुवै देशका प्रधानमन्त्रीले घोषणा गर्ने

नेपाल र भारतबीच आज मोटर सम्झौता हुँदै, दुवै देशका प्रधानमन्त्रीले घोषणा गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ मङ्सिर, काठमाडौं । नेपाल र भारत दुवै देशका सवारीसाधनलाई एक अर्काको रूट प्रयोगमा सहज गराउने उद्देश्य सहित दुवै देशबीच आज मोटर सम्झौता हुँदैछ । मङ्गलबार दुवै देशका उच्चस्तरिय प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएपछि यसको घोषणा गर्ने कार्यक्रम छ । हस्ताक्षरसँगै प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा काठमाडौं देखि दिल्लीको बससेवा सञ्चालनको घोषणा गर्नेछन् । बेलुका ५ बजेर ४० मिनेटमा उक्त बस सिंहदरबारदेखि दिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

bizkhabar_sajhayatat

दुईदेशबीच मोटर सम्झौता भएसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । खासगरी यो सम्झौताले दुवै देशमा विनारोकतोक एक अर्काका सवारी साधन गुड्न सक्ने वातावरण तयार गर्नेछ । त्यस्तै सम्झौतामा पोखरा र दिल्ली तथा काठमाडौं देखि वाराणसी सम्म बससेवा सञ्चालनको सम्झौता हुने भएपनि तत्कालका लागि काठमाडौं र दिल्ली सेवा सञ्चालन गरिने भौतिक योजना तथा निर्माण मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL