Logo

श्री एयरलाइन्सका अध्यक्ष मित्तलको निधन, आज दिउँसो २ बजे दाहसंस्कार गरिदै

श्री एयरलाइन्सका अध्यक्ष मित्तलको निधन, आज दिउँसो २ बजे दाहसंस्कार गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । श्री एयरलाइन्सका अध्यक्ष बनवारीलाल मित्तलको बुधबार निधन भएको छ । मित्तलको ७९ वर्षको उमेरमा बिहान २ बजे मृत्यु भएको हो । तीन महिनादेखि अस्वस्थ रहेका मित्तल भारतको मेदान्त अस्पतालमा उपचार गराएर दुईदिन अघि सोमबार मात्र नेपाल फर्किएका थिए ।

मित्तल काठमाडौंको ज्ञानेश्वर निवासी हुन् । उनका श्रीमती, १ छोरा र २ छोरी छन् । उनको बुधवार दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

मित्तलले १६ वर्ष अगाडि हेलिकप्टर व्यवसाय सुरू गरेका थिए ।श्री एयरलाइन्स नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी हो ।

मित्तलले नेपाल चेम्बर अफ कर्मसको २ पटक नेतृत्व सम्हालेका थिए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य र नेपाल उद्योग परिसंघका संस्थापक सदस्य समेत रहेका थिए ।
नेपाल राष्ट्रिय मारवाडी परिषदको सल्लाहाकार, नेपाल आँखा अस्पतालको संस्थापक अध्यक्ष, पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्ष लगायत दर्जनौं संघ संस्थामा रहेर काम गरेका थिए । उनी सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए ।

उनी निर्माण व्यवसाय, एयरलाइन्स, चिया, शिक्षण संस्था लगायतको व्यवसायमा संलग्न रहेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL