Logo

सरकारले जारी गर्यो श्वेतपत्र, यस्ता छन् प्रमुख लक्ष्य

सरकारले जारी गर्यो श्वेतपत्र, यस्ता छन् प्रमुख लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्प र नाकाबन्दीका कारण नकारात्मक बन्दै गएको अर्थतन्त्रको समग्र अवस्थाको जानकारीसहित सुधारका कार्यक्रम राखेर सरकारले श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मङ्गलबार साँझ अर्थमन्त्रालयमा सरकारको समग्र आर्थिक योजना सहितको श्वेतपत्र जारी गरेका हुन् ।

जलविद्युतलाई मुख्य प्राथमिकतामा राखिएको उक्त श्वेतपत्रमा विद्यमान पेट्रोलियम सङकटलाई समाधान गर्न व्यवस्थित वितरणलाई कडाईका साथ लागु गर्ने लक्ष्य लिइएको छ ।

निर्माणाधिन जलविद्युत आयोजनालाई यथाशिघ्र समयमै सम्पन्न गर्ने तथा नयाँ जलविद्युत आयोजना निर्माणका काम अघि बढाउने लक्ष्य समेत श्वेतपत्रमा उल्लेख गरिएको छ ।

कृषि क्षेत्रमा परेको प्रभाव समाधान गर्न कृषि अनुदान उपलब्ध गराउने, विद्यालय सञ्चालनलाई प्राथमिकतामा राख्ने अत्यधिक औषधीलाई हवाई माध्यमबाट भएपनि ल्याउने श्वेतपत्रमा उल्लेखित छ ।

त्यस्तै भूकम्पपछिको पूर्ननिर्माणका लागि दातृ निकायसँगको सहकार्यमा तत्काल काम अघि बढाउने सरकारको लक्ष्य छ ।

यस्ता छन् प्रमुख लक्ष्य

  • निर्माणाधिन जलविद्युतलाई समयमै सम्पन्न गर्ने
  • अत्यावश्यकीय बाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्ने
  • तीन महिनाभित्र आधिकारीक ट्रेड युनियनको निर्वाचन
  • इन्धन, खाद्यान्न र दैनिक उपभोग्य बस्तुको वितरणलाई व्यवस्थित गर्न
  • श्वेतपत्रको कार्यान्वयनको अनुगमन गर्न निजी क्षेत्रसम्मिलित उच्च स्तरिय संयन्त्र गठन गर्ने
  • पुर्नर्निमाणको कामलाई समयमै सम्पन्न गर्ने, तत्काल योजना आयोगबाटै पूर्नर्निमाणको काम अघि बढ्ने
  • भूकम्पपपीडितलाई राहतका कार्यक्रम अघि बढाइने

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL