काठमाडौं । नेपाल ग्यासले मंगलबार पनि २ हजार १ सय बटा सिलिण्डर ग्याँस वितरण गर्ने भएको छ । उपत्यकाका विभिन्न ३० डिपोबाट उक्त ग्याँस वितरण गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले केही समययता दैनिकजसो २ हजार १ सय ग्याँस वितरण गर्दै आएको छ । हाल कम्पनीले प्रत्येक डिपोबाट ७० सिलिण्डर ग्याँस वितरण गर्दै आएको छ ।
हाल प्रत्येक डिपोबाट ७० सिलिण्डर ग्याँस उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा साना डिपो मार्फत पनि वितरण गर्ने योजना बनाएको कम्नपीले जानकारी दिएको छ ।
हेर्नुहोस सुचिमा ।