Logo

रत्न तथा आभूषण संघले भेटे वाणिज्य मन्त्री, नीति बनाउँदा आफुहरुलाई समेट्न माग

रत्न तथा आभूषण संघले भेटे वाणिज्य मन्त्री, नीति बनाउँदा आफुहरुलाई समेट्न माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले सरकारले जारि गर्न लागेको सुनचाँदी तथा मापदण्ड निर्देशिका एवं निति बनाउदा आफुहरुलाई समेट्न आग्रह गरेको छ । संघका अध्यक्ष मनिषलाल प्रधानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई भेटी सो कुरा बताएका हुन् । ‘ठुला व्यवसायी संलग्न यस क्षेत्रलाई उपेक्षित गरिएकाले उक्त निर्देशिका बनाउने सवालमा संघका सुझाब हरुलाई समेट्न आग्रह गरेका छौं,’ उनले भने, ‘देश भरका झण्डै ५ सय व्यवसायीहरु यस संघ संग आवद्ध रहेका छन् ।’

भेटघाट संघले रत्न तथा आभूषण क्षेत्रमा अहिलेको नाकाबन्धिले पारेको असरका बारेमा पनि मन्त्रीको ध्यानकर्षण गराएको थियो । यो क्षेत्रले सरकारलाई वार्षिक २५ करोड को राजस्व तिर्दै आएको जानकारी दिँदै यस व्यवसायमा बार्षिक २५ अर्व हुँदै आएको प्रधानले जानकारी दिए । विध्यमान नाकाबन्धिका कारण यसको उत्पादनमा हस आएको र ग्यासको अभाबले सुन पगाल्न र त्यसलाई आकारमा ढाल्न समेत कठिनाई भएका संघले बताएको छ ।

भेटघाटमा मन्त्री पुनले व्यवसायीक क्षेत्रमादेखिएका समस्या र चुनौती लाई व्यवसायीसँगै छलफल गरेर मात्र अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL