Logo

कामनपा र महानगरीय प्रहरीबीच सम्झौता,शहरी व्यवस्थापन र सुरक्षामा सहकार्य गरिने

कामनपा र महानगरीय प्रहरीबीच सम्झौता,शहरी व्यवस्थापन र सुरक्षामा सहकार्य गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  काठमाडौं महानगरपालीका र महानगरिय प्रहरी आयुक्तको कार्यलयबीच शहरी सु व्यवस्थापन र शान्ति सुरक्षाका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । महानगर क्षेत्र भित्रका सार्वजनिक सरोकारका तथा शहरी व्यवस्थापनका पक्षमा मिलेर काम गर्नका लागि ३० वटा बुँदे सम्झौता भएको हो ।

आइतवार एक कार्यक्रमबीच महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताको पहिलो बु“दामा सवारी दुर्घटना तथा सडक व्यवस्थापनलाई मध्यनजर गरि आगामी ३ बर्ष भित्रमा महानगरपालीकाले बिभिन्न ९ स्थानमा आकाशे पुल निर्माण गर्ने भनिएको छ । ती स्थानहरुमा नया“ बानेश्वर, महाराजगंज, कोटेश्वर, त्रिचन्द्र क्याम्पस अगाडि, चावहिल, कालीमाटी, गौशाला चोक, थापाथली र त्रिपुरेश्वर रहेका छन् ।

त्यस्तै अन्य सम्बन्धित निकायसंगको समन्वयमा समेत उपयुक्त स्थान खोजि गरि ट्याकसी पार्क र बस स्ट्याण्ड तोक्ने र सोही आधारमा ट्राफिक प्रहरी संगै नगर प्रहरीले सवारी आवगमनको व्यवस्था मिलाउने उल्लेख छ । महानगर क्षेत्र भित्रको सडक, फुटपाथ तथा खोला अतिक्रमण नियन्त्रण र सडकमा राखिएका निर्माण सामग्री हटाउन यि दुई निकाय बिच सहकार्य हुने समझदारीपत्रमा लेखिएको छ ।

त्यस्तै यि दुवै निकायले अपराधिक कृयाकलाप न्युनिकरण गर्न बिभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्नेछ । त्यस्ता क्यामेराबाट आउने सुचनासंगै महानगरबाट संचालित मट्रो एफएम र ट्राफिक प्रहरी एफएमवीचपनि कार्यक्रम उत्पादन तथा प्रशारणमा सहकार्य गर्ने र यिनै माध्यमद्धारा जनचेतनामुलक कार्यक्रमहरु समेत प्रवद्र्धन गर्ने भनिएको छ ।

यसअघि महानगरले मात्र सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने नियन्त्रण गर्दै आएकोमा अब प्रहरीले प्रत्यक्ष ढंगबाट समेत यसमा काम गर्नेछ । यस्तै प्रहरीसंगको समन्वयमा सडक, गल्ली तथा चोकमा महानगरले सौर्य सडक बत्ति जडान गर्ने, पार्किङ्गको अव्यवस्थापन हटाउने, होर्डिङ्ग बोर्ड तथा जथाभावी टा“सिएका पर्चा पम्प्लेट हटाउनेजगायत काम गर्ने भएको छ ।

रात्रि बजार तथा रात्रि बस संचालनमा प्रहरीले सुरक्षा दिने, सवारी कर संकलनमा महानगरलाई प्रहरीले सहयोग गर्नेछ ।

विपद् व्यवस्थापनसंगै महानगर भित्रका खेल मैदान, पार्क, खोला, मठमन्दिरको व्यस्थापन र सरसफाईमा दुवै निकाय संलग्न भई सहकार्य गर्ने, सार्वजनिक शान्ति सुरक्षा संगै असहाय तथा जोखिममा परेका महिला तथा सडक बालबालीकाहरुको सुरक्षा र संरक्षणमा समेत यि निकायहरुद्धारा समन्वयात्मक ढंगमा काम हुने भनिएको छ ।

यसअघि सम्पदास्लथ भित्र रहेको हनुमान ढोका प्रहरी, रानीपोखरी नजिकै रहेको महानगरीय प्रहरी आयुक्तको कार्यलय र सामुदायीक प्रहरी बृत्त कमलपोखरीलाई त्यहाबाट स्थानन्तरण गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL