Logo

अख्तियारले शुरु गर्यो पेट्रोलियम आयात र वितरणको अनुगमन, विवरण संकलन शुरु

अख्तियारले शुरु गर्यो पेट्रोलियम आयात र वितरणको अनुगमन, विवरण संकलन शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम तथा ग्याँस आयात र वितरणको अनुगमन शुरु गरेको छ । नेपाल आयाल निगमले पेट्रोलियम वितरणमा अनिमियतता गरेको गुनासो बढेपछि आयात तथा वितरणको अनुगमन गर्न शुरु गरेको हो ।

हाल विभिन्न नाकाबाट भित्रिएका पेट्रोलियम तथा ग्याँसको विवरण राख्नु शुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । ‘अख्तियारले कुनै पनि व्यक्तिले के गरेभन्दा पनि निगमले कसरी काम गरिरहेको छ भन्ने विषयमा अनुगमन गर्नेछ,’ उनले भने, ‘अनुगमनको क्रममा जसले गल्ती गरेको भेटिन्छ उसैलाई कारवाही गर्नेछौं ।’

पुष्करका अनुसार जनतालाई सहज रुपमा पेट्रोलियम पदार्थ तथा ग्याँस उपलब्ध गराउनका लागि अनुगमन शुरु गरिएको हो । हाल सर्वसाधारण जनताभन्दा पनि केही पहुँचवाला व्यक्तिलाई मात्र पेट्रोलियम तथा ग्याँस वितरण गरेको जनगुनासो बढेपछि अख्तियारले अग्रसरता देखाएको हो । ‘हाल अख्तियारले कुन नाकाबाट कति डिजेल, पेट्रोल तथा ग्याँसको बुलेट भित्रिए भन्ने कुराको अनुगमन गरिरहेको छ,’ उनले भने, ‘साथै, देशमा पनि कुन पम्प तथा कम्पनीबाट कति वितरण भयो भन्ने सम्मको विवरण संकलन गर्न थालेको छ ।’

यस्तै, अख्तियारले केही समय अघि वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छानविन समितिको विषयमा पनि अनुगमन गर्ने भएको छ । एउटै मन्त्रालयको माथिल्लो तहको कर्मचारीको अनुगमन गर्न तल्लो तहका कर्मचारीको संयोजकत्वमा समिति गठन गर्दा प्रभावकारी नहुनेभन्दै छानविन गर्न लागेको अख्तियार स्रोतले जानकारी दिएको छ । उक्त समितिको औचित्य हुने वा नहुने भन्ने विषयमा पनि छलफल भएको उक्त स्रोतले जानकारी दिएको छ ।

कर्मचारीलाई उन्मुक्तिदिन वाणिज्यले गठन गर्यो छानविन समिति, सचिवलाई सहसचिवले कारवाही गर्ने

प्रतिक्रिया दिनुहोस्
MBL