Logo

५३ करोडको कारोबार हुँदा ८ अंकले घट्यो नेप्से, नेपाल बैंक र लगानी कोषमा झुम्मिए लगानीकर्ता

५३ करोडको कारोबार हुँदा ८ अंकले घट्यो नेप्से, नेपाल बैंक र लगानी कोषमा झुम्मिए लगानीकर्ता



काठमाडौं । बुधबार कारोबार रकम बढेर ५३ करोड रुपैयाँ पुगेपनि नेप्से परिसुचक भने ओरालो लागेको छ । बजार खुलेदेखि नै सामान्य तलमाथी भइरहेको नेप्से परिसुचक अन्तमा ७ दशमलव ५७ अंकले घट्न पुगेको हो ।

ओरालो लागेको बजारमा प्रायःजसो समुहको परिसुचक घट्न पुगेको छ । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ११२ अंकले घट्दा जिवन बीमा समुहको परिसुचकमा पनि ७३ अंकले गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि गिरावट आएको छ । सो समुहको परिसुचक ५ अंकले घट्दा लघुवित्त १५ र विकास बैंक, होटल, अतिरित्त तथा फाइनान्स समुहको परिसुचकमा सामान्य गिरावट आएको छ । ओरालो लागेको बजारमा व्यापार, जलविद्युत र उत्पादनमुलक समुहको परिसुचक भने सामान्य बढ्न पुगेको छ ।

बुधबार लगानीकर्ताको रोजाईमा नेपाल बैंक र नागरिक लगानीकोष पर्न पुगेको छ । उक्त दुई कम्पनीको कारोबार क्रमश : ८ करोड ८१ लाख रुपैयाँ र ६ करोड ५८ लाख रुपैयाँ हुँदा समग्र बजारमा कारोबार रकम बढ्न पुगेको हो । दिनभर कुल १६९ कम्पनीको १७ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL