Logo

साना किसान बैंकको प्रमोटर सेयरले उचाल्यो बजार, १३ अंकले बढ्दा साढे ६८ करोडको कारोबार

साना किसान बैंकको प्रमोटर सेयरले उचाल्यो बजार, १३ अंकले बढ्दा साढे ६८ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक १३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ९३ दशमलब २९ अंकमा पुगेर बन्द भएको हो ।

बिहीबार कारोबारमा आएकामध्ये अधिकांस समुहको परिसुचक उकालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक ४६ अंकले बढेको छ । त्यस्तै बीमा समुह २६ दशमलब ३१, माइक्रोफाइनान्स २४ दशमलब ३९,होटल २२ दशमलब ६५, विकास बैंक २२ र उत्पादन १५ दशमलब ५७ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ १०,फाइनान्स ९ दशमलब ५५ र अन्य समुहको परिसुचक ४ दशमलब ९१ अंकले उकालो लागेको छ ।

सो दिन ट्रेडिङ समुहको परिसुचक भने ३ दशमलब ३७ अंकले घटेको छ ।

बिहीबार साना किसान बिकास बैंकको २१ करोड ९९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । सो दिन १६५ ओटा कम्पनी कारोबारमा आएका थिए । १३ लाख ९१ हजार कित्ता सेयरबाट ६८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL