Logo

८ अंकले उकालो लाग्यो नेप्से, पौने ३५ करोडको कारोबार

८ अंकले उकालो लाग्यो नेप्से, पौने ३५ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक ८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ८० दशमलब २६ अंकमा पुगेर बन्द भएको हो ।

कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५५ दशमलब ७२ अंकले बढेको छ । त्यस्तै होटल ३५ दशमलब ५६,बैंङकिङ ७ दशमलब ६३, विकास बैंक ६ दशमलब ७८ र माइक्रोफाइनान्स समुहको परिसुचक ६ दशमलब ६ अंकले उकालो लागेको छ ।

यता अन्य र फाइनानस समुहको परिसुचक क्रमशः ० दशमलब ८६ र ० दशमलब १६ अंकले ओरालो लागेको छ ।

बुधबार १ सय ५९ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयरबाट ३४ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL