Logo

जाजरकोट र कैलालीको जोशीपुरमा पुग्यो एनआईसी एशिया बैंक

जाजरकोट र कैलालीको जोशीपुरमा पुग्यो एनआईसी एशिया बैंक


बिजखबर संवाददाता
0
Shares

काठमडौं । एनआईसी एशिया बैंकले थप २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कैलालीको जोशीपुर गाउँपालिका र जाजरकोटको भेरी नगरपालिका नयाँ शाखा संचालनमा ल्याएको हो ।

एक कार्यक्रमबीच जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथा अध्यक्ष रामकृष्ण चौधरीले संयुक्त रुप्मा जोशीपुर शाखाको उद्घाटन गरेका थिए । त्यसैगरी भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले जाजरकोट शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने उद्देश्य अनुरुप अन्य शाखा पनि संचालनमा ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL