Logo

नयाँ आर्थिक बर्षको दोस्रो दिन २ अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

नयाँ आर्थिक बर्षको दोस्रो दिन २ अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट



काठमाडौं । नयाँ आर्थिक बर्षको पहिलो दिन बढेको नेप्से परिसुचक बिहीबार अर्थात नयाँ आर्थिक बर्षको दोस्रो दिन भने २ अंकले ओरालो लागेको छ ।

laxmi

विहानै देखि उकालो लागेको नेप्से परिसुचकमा दिउँसो १ बजेदेखि ओरालो लाग्ने सुरु भएको थियो । यस्तै कारोबारको अन्तिम समयमा नेप्सेमा २ दशमलव ३७ अंकले गिरावट आएको हो ।

बिहीबार बजारमा फाईनान्स, म्यानुफ्याक्चर र माईक्रोफाईनान्स बाहेक अन्य समुहका परिसुचक ओरालो लागेका छन । बिहीबार जिवन बीमा समुहको परिसुचक २७ अंकले ओरालो लाग्दा होटल समुहको परिसुचकमा भने २५ अंकको गिरावट आएको छ ।

यस्तै बजारमा धेरै प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि १ दशमलव ३५ अंकको गिरावट आएको छ । बिहीबार कुल १ सय ५८ कम्पनीका १२ लाख ५० हजार ७ सय ८ कित्ता सेयर खरिदविक्री हुँदा ४१ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL