Logo

हुवावेलाई परेन अमेरिकी प्रतिवन्धको असर, ग्लोबल ब्राण्डमा एक स्थान माथी उक्लियो

हुवावेलाई परेन अमेरिकी प्रतिवन्धको असर, ग्लोबल ब्राण्डमा एक स्थान माथी उक्लियो



काठमाडौं । चिनियाँ कम्पनी हुवावेले अमेरिकी प्रतिवन्धका बाबजुद पनि आफ्नो ब्रान्ड भ्यालु न्युन हुन दिएको छैन । अघिल्लो हप्तामात्रै हुवावेले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको जानकारी दिएको हो ।

डब्लुपीपीको रिसर्च आर्म सेन्टरले प्रकाशन गरेको ब्रान्डजेडको वार्षिक सबैभन्दा बढी महत्वपूर्ण ग्लोबल ब्रान्डस् स्टडीमा हुवावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७ औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले आफ्नो हुवावे पी ३० स्मार्टफोनको अत्याधुनिक क्यामरा प्रणाली तथा फाइभजी क्षमता र फोल्डेबल डिजाइन भएको अभूतपूर्व प्राविधिक नविनता जडित हुवावे मेट एक्स ह्यान्डसेट संचारक्षेत्र र ग्राहकहरूमाझ लोकप्रिय भएको पनि जानकारी दिएको छ ।

एउटा अग्रणी विश्लेषक कम्पनी आइडीसीले हालैको विश्वव्यापी मोबाइल डिभाइस ट्र्याकरमा ह्वावेको आपूर्तिमा वषै पिच्छे ५० प्रतिशतले भन्दा बढी वृद्धि भएको विषयलाई जोड दिएको छ ।

मोबाइल फोनहरूको दुनियाँमा ह्वावे कम्पनीले आफ्नो स्थानलाई बलियो बनाउँदै व्यापारिक कोणबाट सामसाङसँगको दूरी कम गर्दै विश्वव्यापी रूपमा सबैभन्दा दोस्रो धेरै बिक्री हुने मोबाइलका रूपमा स्थान सुदृढ बनाएको छ ।

आइडीसीका अनुसार ह्वावेले स्मार्टफोनको वर्गतर्फ विश्वव्यापी बजार सेयरको १९ प्रतिशत ओगट्दछ र सन् २०१९ को पहिलो तीन महिनाको अवधिमा आपूर्तिमा वृद्धि हुँदै र्याङकिङको सबैभन्दा शीर्ष स्थानमा रहन सफल एकमात्र स्मार्टफोन भेन्डर बन्यो ।

हुवावेको सफलताले विश्वव्यापी अर्थतन्त्रमा चिनियाँ ब्रान्डहरूको बढ्दो सफलतालाई उजागर गर्दछ । ब्रान्डजेडको प्रतिवेदन स्थान पाएका ९ वटा नवप्रवेशीहरूमध्ये चारवटा कम्पनीहरू चीनमा आधारित रहेका छन् भने उत्कृष्ट १०० भित्र परेकामध्ये १५ वटा चिनियाँ कम्पनीहरू रहेका छन् ।

भविष्यका बारेमा बताउँदा समाज र ग्राहकहरूलाई फाइदा पुर्याउने प्रविधिहरूको विकास गर्ने हुवावेको प्रतिबद्धताले कम्पनीको प्रतिष्ठा बढाउने र विश्वव्यापी ग्राहकहरुमाझ सबैभन्दा अगाडि उभिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL