Logo

आइएमई पेको जेपे सुविधा सार्वजनिक, १ लाख भन्दा बढी स्थानबाट भुक्तानी गर्न सकिने

आइएमई पेको जेपे सुविधा सार्वजनिक, १ लाख भन्दा बढी स्थानबाट भुक्तानी गर्न सकिने



काठमाडौं । आइएमई पे मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ सुविधा सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानी, फोन, मोबाइलको रिचार्जलगायतको भुक्तानी गर्न सकिने छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाका अनुसार आइएमई पेको लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी वा मोबाइल वालेटको प्रयोगलाई सजिलो बनाउनु नै हो ।

प्रयोगकर्ताहरूलाई मध्यनजर गर्दै आईएमई पेले २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL