Logo

इसेवाबाट मेरो सेयर र डिम्याटको भुक्तानी तिर्न सकिने, सेयरको काम अब मोबाईलबाट

इसेवाबाट मेरो सेयर र डिम्याटको भुक्तानी तिर्न सकिने, सेयरको काम अब मोबाईलबाट



काठमाडौं । सेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न सक्ने भएका छन ।

ग्राहकहरूले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न मिल्ने भएपछि बिभिन्न क्यापिटल धाउनु पर्ने बाध्यता हटेको छ ।

इसेवा एकाउन्ट नभएका ग्राहकले भने इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सकिनेछ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिने इसेवाले जानकारी दिएको छ ।

इसेवामा हाल ५४ बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू १० लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका एजेन्ट नेटवर्क तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL