Logo

अब चितवनमै कलेजो प्रत्यारोपण, पुरानो मेडिकल कलेजले पायो अनुमति

अब चितवनमै कलेजो प्रत्यारोपण, पुरानो मेडिकल कलेजले पायो अनुमति



काठमाडौं । अब चितवनमा पनि कलेजो प्रत्यारोपण सेवा पाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएसँगै यो सेवा पाउने भएको हो ।

समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । पुरानो मेडिकल कलेजले गत मंसिरमा अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति मागेको थियो ।

समितिले स्थलगत अनुगमन प्रतिवेदन समेतको आधारमा मानव शरीरको अंग प्रत्यारोपण निर्देशिका २०७५ को दफा ३ को उपदफा २, खण्ड ‘ग’ अनुसार अनुमति दिएको हो ।

हाल उक्त मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण, मुटुको सफल ओपन हर्टसर्जरी लगायतका काम गरी सकेको छ । पुरानो मेडिकल कलेजले प्राप्त गरेको उक्त अनुमतिसँगै सो क्षेत्रका स्थानीयबासी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कलेजले प्रत्यारोपणमा सहयोग गर्नका लागि कोरियन टोली र भारतीय चिकित्सक सहितको टोली रहने अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL