Logo

नेप्सेको अनलाईन बिरुद्ध धितोपत्र बोर्डले सुरु गर्यो छानविन, ब्रोकर र लगानीकर्तालाई बोलाएर अनुसन्धान

नेप्सेको अनलाईन बिरुद्ध धितोपत्र बोर्डले सुरु गर्यो छानविन, ब्रोकर र लगानीकर्तालाई बोलाएर अनुसन्धान



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कार्यान्वयनमा ल्याएको अनलाईन प्रणालीले काम नगरेपछि नेपाल धितोपत्र बोर्डले छानविन प्रक्रिया अघि बढाएको छ । नेप्सेले संचालनमा ल्याएको लामो समय भईसक्दा पनि पूर्ण स्वचालित अनलाईन प्रणालीले काम नगरेपछि बोर्डले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

laxmi

हाल बोर्डले नेप्सेको अनलाईन प्रणालीको बारेमा सोधपुछ तथा अनुसन्धानका लागि बोर्डकै निर्देशक डा. नवराज अधिकारीको नेतृत्वमा कमिटि गठन गरेको छ । सोही कमिटिले ब्रोकर तथा नेप्सेको अनलाईनका कारोबार गर्दै आएका लगानीकर्तालाई बोलाएर अन्तरवार्ता लिँदै अनुसन्धान गर्दै आएको छ ।

हाल अधिकारी स्वयमले नै ब्रोकर र लगानीकर्तालाई बोलाएर नेप्सेको अनलाईन प्रणालीमा देखिएको मसस्याको प्रमाण जुटाउन रेकर्ड अन्तरवार्ता नै लिइरहेका एक ब्रोकरले जानकारी दिए । ‘अहिले दिनदिनै जसो बोर्डले लगानीकर्ता र अनलाईन कारोबार गर्दै आएका लगानीकर्तालाई बोलाएर अनलाईन प्रणालीको समस्याको बारेमा रेकर्ड अनन्तरवार्ता नै लिइरहेको छ,’ ती ब्रोकरले भने, ‘नेप्सेको अनलाईन प्रणालीमा बारम्बार समस्या आएपछि अनुसन्धानका लागि प्रमाण जुटाउन भन्दै बोर्डले ब्रोकर र लगानीकर्तालाई भनेरै समस्याको बारेमा रेकर्डेट अन्तरवार्ता लिइरहेको छ ।’

नेप्सेले संचालनमा ल्याएको अनलाईन प्रणालीमा लामो समयदेखि बारम्बार समस्या आएपछि ब्रोकर तथा लगानीकर्तासँग राय लिने काम सुरु गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘अहिले नेप्सेको अनलाईन प्रणालीको विषयमा बजारमा धेरै गुनासा आएका छन्,’ उनले भने, ‘यस सत्यतथ्य पत्ता लगाउन बोर्कर तथा सम्बद्ध लगानीकर्तालाई बोर्डमै बोलाएर राय लिने काम भइरहेको छ,’ उनले भने, ‘उनीहरुसँग एक चरणका राय लिएपछि त्यसलाई कसरी समाधान गर्ने भन्नेतर्फ अघि बढ्नेछौं ।’

यस विषयमा सोझै नेप्सेसँग बसेर छलफल गर्दा उसको माग एकलौटी धारणा आउने भएकाले अनलाईन प्रणालीमा कस्ता खालको समस्या देखिएको हो सो विषयमा पहिचान गर्न लगानीकर्ता र ब्रोकरलाई बोलाए राय लिइएको समेत उनले जानकारी दिए । ‘नेप्सेले पूर्ण स्वचालित अनलाईन प्रणालीमा ल्याएको २।३ महिना भइसक्यो तर समस्या बारम्बार दोहोरिरहेको छ,’ उनले भने, ‘नेप्सेले ल्याएको अनलाईन प्रणालीबाट लगानीकर्ताहरु मारमा परेको गुनासोहरु आएपछि हामीले राय लिने काम सुरु गरेका हौं ।’

ब्रोकर र लगानीकर्तासँग नेप्सेको अनलाईन प्रणालीमा देखिएको वास्तविक समस्या पहिचान गरिसकेपछि नेप्सेका पदाधिकारीसँग बसेर छलफल गरिने समेत उनले जानकारी दिए । अहिले बोर्डले अनलाईनमा देखिएको समस्याको वारेमा अध्ययन गरिरहेको भएकाले उक्त अध्ययन अनुसन्धान सकिएपछि समाधानको लागि नेप्सेसँग बसेर टुङ्गो लगाइने गिरीले जानकारी दिए ।

बोर्डले सुरुमै नेप्सेलाई अन्तरराष्ट्रिय टेस्टेड सिस्टमको अनलाईन प्रणाली ल्याउन निर्देशन दिएको थियो । तर, नेप्सेका तत्कालिन महाप्रबन्धक सिताराम थपलियाले बोर्डको निर्देशनलाई लत्याउँदै स्थानीय भेण्डरबाट निर्मित सामान्य खालको अनलाईन प्रणाली निर्माण गरी संचालनमा ल्याएपछि दैनिकजसो समस्या आएको सम्बद्ध सरोकारवालाले जानकारी दिएका छन् ।

हाल बोर्डले अहिलेकै अनलाईन प्रणालीलाई थप सुधार गरी संचालनमा ल्याउने वा निर्देशनलाई लत्याउँदै सामान्य खालको अनलाईन प्रणाली कार्यान्यनमा ल्याएर लगानीकर्तालाई मारमा पर्ने नेप्सेका पदाधिकारीलाई कारबाही गरी अर्को अन्तरराष्ट्रिय टेस्टेड सिस्टम ल्याउने भन्ने विषयमा समेत छलफल अघि बढाएको स्रोतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL