Logo

के एप्पलको क्रेज घट्दै गएको हो ? सेयर मूल्यमा हालसम्मकै उच्च गिरावट

के एप्पलको क्रेज घट्दै गएको हो ? सेयर मूल्यमा हालसम्मकै उच्च गिरावट



काठमाडौं । करिव ३ महिनाअघि ट्रिलियन डलर कम्पनी बनेको एप्पलले अक्टोवर यता मात्रै ४ सय ५० विलियन डलर गुमाईसकेको छ । जुन फेसबुकको मार्केट क्यापभन्दा बढी हो ।

अक्टोबरमा उच्च स्थानमा रहेको कम्पनीको त्यसयता सेयरमूल्यमा गिरावट आईरहेको छ । एक्कासी अघिल्लो हप्ताको बुधबार कम्पनीका सिईओ टिम कुकले सेयर बिक्रीमा गिरावट आएको अप्रत्याशित चेतावनीले एकाएक सेयरमूल्य घटेको पाइएको हो । कम्पनीको बिहीबार मात्रै सेयरमूल्यमा ९ दशमलव ९६ प्रतिशतले गिरावट आएको थियो ।

गएको अक्टोबर ३ मा एप्पललको सेयरमूल्य ३ सय ३२ डलरको उच्च विन्दुमा पुगेको थियो जसले कम्पनीलाई १ दशमलव १२ ट्रिलियन डलरको कम्पनी बनाउन मद्दत गरेको थियो । त्यस्तै बिहीबार भने कम्पनीको प्रतिकित्ता सेयरमूल्य १ सय ४२ दशमलव १९ डलरमा झरेको थियो । त्यसरी सेयर मूल्यमा गिरावट आउँदा ४ सय ४६ विलियन डलर गुम्यो र कम्पनीको मार्केट क्याप जम्मा ६ सय ७४ दशमलव ७५ विलियन डलरमा पुग्यो ।

समग्रमा भन्नुपर्दा कम्पनीले ३ महिनामा ४ सय ५० विलियन डलर गुमाईसकेको छ । जुन फेसबुकको मार्केट क्याप भन्दा बढी हो भने इरान, अष्ट्रेलिया, र नर्वेको जिडिपीभन्दा बढी हो ।

कम्पनीको सेयर मूल्यमा गिरावट आउनु भनेको कम्पनीले हाल पाईरहेको पोजिसन विश्वकै तेस्रो मूल्यवान कम्पनी अल्फाबेट अर्थात गुगलको माउ कम्पनीको हैसियत गुमाउनु हो । र विश्व बजारमा कम्पनीका उत्पादनको क्रेज घट्नु हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL