Logo

सरकारलाई कपडा उद्योगीको चेतवानी, कार्तिक १५ बाट उत्पादन बन्द

सरकारलाई कपडा उद्योगीको चेतवानी, कार्तिक १५ बाट उत्पादन बन्द



काठमाडौं । नेपाल कपडा उद्योग संघले नेपालीहरुको चाड दशैंमा नेपाली कपडा बिक्रीवितरण नभएको जानकारी दिएको छ ।

संघले नेपाली कपडा विक्री वितरण नहुँदा ठूलो संकट पर्ने भन्दै आगामी दिनमा थप समस्याहुने जानकारी दिएका छन । सरकारले २०७५ कार्तिक १५ गते भित्र समस्या समधान नगरेमा हाल संचालित उद्योग बन्द गर्ने समेत संघले जानकारी दिएको छ ।

साथै संघले पाउने सेवा सुविधा समेत सरकारले हटाईएको भन्दै त्यसबाट उत्पन्न हुने समस्याका कारण हुने उद्योग बन्दको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने संघले निर्णय गरेको छ ।

नेपालमा संचालित करिब २ सय भन्दा बढी उद्योगहरुलाई २०७५÷७६ को आर्थिक ऐनबाट मु.अ.कर फिर्ता एवं समायोजन सुविधा हटाएको भन्दै अर्थ मन्त्रालयका राजश्व ब्यवस्थापन सचिबको संयोजकत्वमा ४ सदसीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले माग गरेको विवरण समेत पेश भईसकेको अवस्थामा प्रतिवेदन तयारीका लागि बैठक नबसेको संघले आरोप लगाएको छ । पटक पटक ताकेता गर्दा पनि बैठक नबसी अटेर गरेकाले नेपाली कपडाको उत्पादन ५० प्रतिशत घटेको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL