Logo

सिटीसी मलमा खुल्यो मोबाइल हब, मोबाईल किन्दा ६० प्रतिशतसम्म छुट

सिटीसी मलमा खुल्यो मोबाइल हब, मोबाईल किन्दा ६० प्रतिशतसम्म छुट



काठमाडौं । काठमाडौंको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बीच उक्त मोबाईल हब संचालनमा आएको हो ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हब संचालनमा ल्याइएको हो ।

मलमा असोज ३१ गतेसम्म चल्ने अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने आयोजकले जानकारी दिएको छ ।

यसका साथै हवमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत उपलब्ध छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले जानकारी दिए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL