Logo

बिजि मलको दशैंतिहार उपहार योजना, मोटरसाइकल देखि बैंकक घुम्ने अवसर सम्म

बिजि मलको दशैंतिहार उपहार योजना, मोटरसाइकल देखि बैंकक घुम्ने अवसर सम्म



काठमाण्डौं । बिजी मलले ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजना संचालनमा ल्याएको छ । फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार योजनाबाट हातखाली नजाने उपहार समेत रहेको मलका निर्देशक राजु गिरीले जानकारी दिएका छन ।

चाडपर्वका बेला अधिकांश ग्राहकले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना शुरु गरिएको निर्देशक गिरीले बताए ।

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा १ हजार रुपैंयाको सामान खरिद गरे पछि प्राप्त गर्ने कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिनेछ ।

अफर अन्तरर्गत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नेछन । साप्ताहिक उपहारमा भने ३२ ईञ्चको सीजी टेलिभिजन, सीजी वासिङ मेशिन, र सिजिकै साउण्ड बार प्राप्त गर्ने छन । बम्पर उपहारमा भने एक एक जनाले टिभिएसको अपाची मोटरसाइकल र टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक घुम्ने अवसर पाउनेछन ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायतका पसलहरु सञ्चालनमा रहेको गिरीले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL