Logo

विश्वकला परिषदको सम्मेलन भदौ १४ देखि काठमाडौंमा हुँदै, ४५ देश सहभागि हुने

विश्वकला परिषदको सम्मेलन भदौ १४ देखि काठमाडौंमा हुँदै, ४५ देश सहभागि हुने



काठमाडौं । हस्तकला तथा शिल्पकलाका साझा संगठन ‘विश्वकला परिषद एसिया प्रसान्त क्षेत्र’ को अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

यही भदौ १४ देखि १६ गते सम्म हुने ३७ औं साधरण सभा तथा सम्मेलनमा ४५ देशका करिब १ सय जना प्रतिनिधि सहभागि रहने नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिएका छन ।

एशिया प्रशान्त क्षेत्र भित्रका कला र शिल्पाको संरक्षण, सो क्षेत्रका कला र शिल्पको गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको शाक्यले बताएका छन । सम्मेलनमा ४० वटा स्टल रहने र हाल सम्म १२ वटा स्टल बुक भईसकेको छ ।

काठमाडौंको होटल अन्नपूर्णमा हुने सो कार्यक्रममा जीवन्त कला प्रदर्शनी, कला विषयक गोष्ठी, सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण हुने भएको छ । साथै उक्त अवसरमा ललितपूर महानगरलाई सांस्कृतिक नगरी घोषणा गर्ने कार्यक्रम समेत रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै १६ औं हस्तकला ब्यापार मेला संयोजक प्रचण्ड शाक्यले १६ औं हस्तकला ब्यापार मेला हुने जानकारी दिएका छन । शाक्यले हस्तकलाको सामग्री वार्षिक १० अर्ब बराबरको निर्यात हुने र आन्तरिक बजारमा पनि सोही बराबरको सामग्री खपत भएको जानकारी दिएका छन ।

आगामी नोभेम्बर १४ देखि १८ तारिक सम्म हुने उक्त मेलामा करिब २ सय स्टल रहने छ । ५ दिन सम्म चल्ने उक्त मेलामा जीवन्त हस्तकला प्रतियोगिता समेत हुने र उत्कृष्ट हुने प्रतियोगिलाई नगद ५० हजार रुपैयाँ पुरष्कार प्रदान गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL