Logo

भारतीय ब्रान्ड ब्रिटानियाले नेपालमै उत्पादन थाल्ने, मंगलबार गर्याे विज्ञापन सार्वजनिक

भारतीय ब्रान्ड ब्रिटानियाले नेपालमै उत्पादन थाल्ने, मंगलबार गर्याे विज्ञापन सार्वजनिक



काठमाडौं । भारतबाट उत्पादन हुँदै आएको ब्रिटानिया इन्डस्ट्रिज लिमिटेडले नेपालमै स्थानीय उत्पादन थाल्ने भएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपालमा नै यसको स्थानीय उत्पादन थाल्ने लक्ष्य लिएको जानकारी दिएको हो ।

कम्पनीले मंगलबार ‘स्माईल मोर फर अ गुड डे’ भन्ने टेलिभिजन विज्ञापन सार्वजनिक गर्दै आफुले नेपालको बिस्कुट बजारमा २० प्रतिशत हिस्सा रहेको पनि जानकारी दिएको छ ।

हाल कम्पनीको अघिल्ला बर्षहरुमा बर्षहरुमा वितरणको विस्तार ३० प्रतिशत ले बढेर ७० हजार आउटलेट पुगेको छ ।

कम्पनीले नेपाली बजरमा आफ्नो व्यापार बढाउन गरिएको विज्ञपनमा नेपाली नायीका प्रीयङका कार्कीलाई सम्मीलीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL