Logo

डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा गोविन्द ढकाल नियुक्त, महासचिवमा पोखरेल

डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा गोविन्द ढकाल नियुक्त, महासचिवमा पोखरेल



काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघको कार्यबाहक अध्यक्षमा गोविन्दप्रसाद ढकाल नियुक्त भएका छन् ।

संस्थाको १२औं साधारणसभाले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ढकाललाई कार्यवाहक अध्यक्षमा चयन गरिएको हो ।

संस्थाका तत्कालिन अध्यक्ष भरतराज ढकालले छाडेसँगै गोविन्दप्रसाद ढकाललाई कावा अध्यक्ष दिएको हो । भरत ढकालले मुक्तिनाथ विकासको सिइओ छाडेसँगै संस्थाको विधान अनुरुप संघको अध्यक्षबाट पनि छाड्नुपर्ने छ ।

सोही अनुरुप गोविन्दप्रसाद ढकाललाई कावाको जिम्मेवारी दिइएको डेभलपमेण्ट बैंकर्स संघले जानकारी दिएको छ ।

यसैगरी संस्थाको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई चयन गरिएको छ । सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई चयन गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL