Logo

ओप्पोको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक, बजार मुल्य ३६५००

ओप्पोको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक, बजार मुल्य ३६५००


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । ओप्पोले एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक नयाँ रंगमा सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओप्पो एफफाइभको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

आकर्षक नीलो रंगमा सार्वजनिक गरिएको एफफाइभको लोकप्रियतालाई थप उचाईँ प्रदान गर्ने कम्पनीको दाबी । उक्त फोनको बजार मूल्य ३६ हजार ४ सय ९० रुपैयाँ रहेको छ ।

कम्पनीले उपभोक्तालाई उपहार प्रदान गर्न सकिने खालका केही विशेष उपलब्ध गराउने सोचका साथ नीलो रंगमा ओपो एफफाइभको ड्याशिङ ब्ल्यू एडिशन सार्वजनिक गरेको जानकारी दिएको छ । नयाँ उत्पादनले उपभोक्ताको मागलाई केही हद सम्म भएपनि सम्बोधन गर्ने ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाले बताए ।

विश्वभरका उपभोक्ता र तिनमा पनि विशेष गरी युवा पुस्ता लक्षित ब्राण्डका रुपमा एडिशनले ओप्पोको ब्ल्यू ईफेक्ट सहितको ब्याक प्यानल प्रिमियम, क्लासिक र बोल्ड रंगमा उपलब्ध गरिएको बिज्ञप्तिमा उल्लेख छ । साथै ओप्पो एफफाइभ सिरिजका अन्य मोडलमा झैँ एडिशनमा पनि पर्सन लाइज्ड ब्यूटीका लागि एआई ब्यूटी रिकग्निशन प्रविधि उपलब्ध गरिएको छ ।

सो फोनमा २० मेगापिक्सेलको फ्रण्ट क्यामेरा र १६ मेगापिक्सेलकोे रियर क्यामेरा रहेको छ । एडिशन फोनको आकारमा बृद्धि विना नै ६ ईञ्चको फुल–स्क्रिन एफएचडी प्लस डिस्प्ले उपलब्ध गरिएको छ । १८ः९ एस्पेक्ट रेसियो सहितको उच्च रेजोल्यूशन स्क्रिनको माध्यमबाट यसले प्रयोगकर्तालाई ठूलो स्क्रिनमा मज्जा लिन सक्ने कम्पनीको दाबी छ ।

सो फोनमा ४ जीबी र्याम र ३२ जीबी रोम क्षमता सहितको ओपोको कलर ओएस ३.२ ले प्रयोगकर्तालाई सहज परिचालन अनुभुति प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त मोबाइलमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्रि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL