Logo

भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगमा एनआईसी एसिया बैंकको अफर

भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगमा एनआईसी एसिया बैंकको अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले भिसा डेविट तथा क्रेडिट कार्डको प्रयोगमा नगद छुट योजना ल्याएको छ । बैंकले अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनैपनि पीओएर मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा नगद फिर्ता योजना ल्याएको हो ।

बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म ३ महिनाको लागि सो योजना ल्याएको जानकारी दिएको छ । यस योजना अन्तर्गत एनआईसी एसिया बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी ५ रुपैयााँसम्मको नगद फिर्ता प्राप्त गर्नेछन् ।

यस योजनाबाट बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुनुहुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले १ सय ६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १ सय ५६ वटा एटीएम मेशिन तथा ५ सय १८ वटा एइक् मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL