Logo

घरजग्गा किनबेच अब सहज, घरजग्गा साथीमार्फत ०.५ प्रतिशतमा कारोबार

घरजग्गा किनबेच अब सहज, घरजग्गा साथीमार्फत ०.५ प्रतिशतमा कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजधानीको दरबारमार्गमा रहेको हाइल्यान्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ नामक ब्रान्ड शुरु गरेको छ ।

घरजग्गाको कारोबार गर्दा आधारविहिन विभिन्न व्यक्ति, समुहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अन्त्य गर्ने उद्देश्यसहित सो ब्रान्ड सञ्चालनमा ल्याइएको हाइल्याण्डद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘घरजग्गाको साथी’ मार्फत अब घर तथा जग्गाधनीले आफ्नो सम्पत्ती बेच्न तथा किन्न चाहेको अवस्थामा संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएका छन् । साथै भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउने छन् ।

उक्त ब्रान्डले कारोबारको ० दशमलव ५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माले बताए ।‘हामीले घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृती विसंगति हटाउन यो अभियान सुरू गरेका हौँ ’ उनले भने । साथै अहिले बजारमा भएका जग्गासम्बन्धी विकृती र अविश्वास हटोस् र किन्न–बेच्न संस्थागत मध्यस्थकर्ताको माध्यमबाट निर्धक्क भएर कारोबार गर्न सकुन भन्ने उद्देश्यसहित अभियान थालेको जानकारी दिए ।

उनका अनुसार कम्पनीले घर तथा जग्गासम्बन्धी कानुनी परामर्श, घरको इञ्जिनियरिङ डिजाइन, आर्किटेक्चरल डिजाइन, ठेकेदार, वास्तुसहित घरजग्गा सम्बन्धी आवश्यक परामर्श दिनेछ ।

सबै प्रक्रियाबाट ग्राहकहरूलाई सुरक्षित बनाई एकै ठाउँबाट सबै किसिमका सेवाहरू उपलब्ध गराउने घरजग्गाको साथी नेपालकै पहिलो कम्पनी भएको दाबी उनको छ । यस किसिमको सेवामा सामान्य रूपमा कारोबारको ०.५ प्रतिशत सेवा शुल्कमै रहेर अत्याधिक सेवा दिने कम्पनीको भनाई छ ।

हाइल्याण्ड प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीको एउटा ब्राण्ड ‘घरजग्गाको साथी’ भए पनि यो कम्पनी आफैमा इन्भेष्टमेन्ट कम्पनी भएको र विविध क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL