Logo

एनबी इन्सुरेन्स आइएमई जनरलमा परिणत

एनबी इन्सुरेन्स आइएमई जनरलमा परिणत


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । साबिकको एनबी इन्सुरेन्स कम्पनी आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ । एनबीलाई नयाँ व्यवस्थापनले लिएसँगै साविकको नाम परिमार्जन गरिएको हो ।

निर्जीवन बीमा क्षेत्रमा २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो ।

कुल चुक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको एनबी इन्स्योरेन्सले थप ८० प्रतिशत हकप्रद सेयर जारी गरेको छ । यसँगै कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ । साथै कम्पनीले बीमा समितिले निर्देशन अनुरुप १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी पुर्याउने गरी बीमा समितिमा आफ्नो पूँजी योजना पेश गरेको छ ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले नोक्सानीमा रहेको उक्त कम्पनीलाई आइएमई ग्रुपले व्यवस्थापन सम्हालेपछि सकारात्मक प्रभाव देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL