Logo

साढे ४ अंकले घट्यो नेप्से, २० करोडको कारोवार

साढे ४ अंकले घट्यो नेप्से, २० करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

बिहीवार नेप्से परिसुचक ४ दशमलव ६८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ९४ अंकमा झरेर बन्द भएको छ ।

बिहीवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव ७४ अंकले घटेको छ । त्यस्तै होटल समुह ८ दशमलव ४६ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको सुचक ६ दशमलव ८ अंकले ओरालो लागेको छ ।

त्यसैगरी विकास बैंक २, अन्य २ दशमलव ३५ र फाइनान्स समुहको परिसुचक ० दशमलव ३४ अंकले घटेको छ । यता उत्पादन र जलविद्युत समुहको परिसुचक भने ३८ दशमलव ९२ र १ दशमलव ७७ अंकले बढेको छ ।

सो दिन १ सय ३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ३ लाख ७४ हजार कित्ता सेयरबाट २० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL