Logo

सामान्य घट्यो नेप्से, करिव १९ करोडको कारोवार

सामान्य घट्यो नेप्से, करिव १९ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ४ दशमलव ११ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८६ दशमलव ५७ अंकमा झरेर बजार बन्द भएको छ ।

सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरलो लागेको छ । आइतवार बीमा समुहको सूचक १९ दशमलव ४९ अंकले ओरालो लागेको छ । सो दिन विकास बैंकको ५ दशमलव १९ र बैंकिङ समुहको परिसुचक ५ अंकले घटेको छ ।

त्यसैगरी अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः २ दशमलव ३५ र ० दशमलव ०६ अंकले घटेको छ । यता जलविगद्युत समुहको परिसुचक भने ९ अंकले उकालो लागेको छ ।

बिहीबार कारोवारमा आएका १ सय कम्पनीको ३ लाख ७९ हजार कित्ता सेयरबाट १८ करोड ९६ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL