Logo

साढे ३ अंकले घट्यो नेप्से, १८ करोडको कारोवार

साढे ३ अंकले घट्यो नेप्से, १८ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

आइतवार नेप्से परिसुचक ३ दशमलव ७४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८८ अंकमा झरेर बन्द भएको छ ।

आइतवार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ५५ दशमलव ८१ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंकको ५ दशमलव ३७ र बैंकिङ समुहको परिसुचक ४ अंकले ओरालो लागेको छ । फाइनानस समुहको परिसुचक पनि १ दशमलव ८८ अंकले घटेको छ ।

यता सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी २२ दशमलव ०२ अंकले उकालो लागेको छ । त्यस्तै जलविद्युत र अन्य समुहको परिसुचक क्रमशः ४ दशमलव २६ र ५ दशमलव ८७ अंकले बढेको छ ।

आइतवार १ सय ९ ओटा कम्पनी कारोवारमा आएक थिए । ३ लाख ६९ हजार कित्ता सेयरबाट १८ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL