Logo

२९ अंकले घट्यो नेप्से,सबै समुह रातो

२९ अंकले घट्यो नेप्से,सबै समुह रातो


बिजखबर संवाददाता
0
Shares

मंगलवार नेप्से परिसुचक २९ दशमलव ३५ अंकले ओरालो लागेको छ । सो दिन १ हजार ९१ दशमलव ७३ अंकमा झरेर बजार बन्द भएको छ ।

मंगलवार कारोवारमा आएका सबै समुहको परिसुचक ओरलो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ९० अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत ७७ दशमलव ५३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको सुचक ३५ दशमलव ९२ अंकले घटेको छ ।

त्यसैगरी होटल, विकास बैंक, अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः २२ दशमलव ३१,१६ दशमलव ७५,७ र ४ दशमलव ९५ अंकले घटेको छ ।

मंगलवार ८३ ओटा कम्पनी कारोवारमा आएका थिए । ३ लाख ६१ हजार कित्ता सेयरबाट २० करोड ७२ लाखको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL