Logo

दशै लगत्तै सेयरबजार ओरालो लाग्यो, ६ करोडको मात्र कारोवार

दशै लगत्तै सेयरबजार ओरालो लाग्यो, ६ करोडको मात्र कारोवार


बिजखबर संवाददाता
0
Shares

दशै पछिको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । आइतबार बजार खुलेदेखि ओरालो लगेको नेप्से परिसुचक अन्तमा ४ दशमलव ८३ अंकले घटेको छ । नेप्से परिसुचक घटेर १ हजार १ सय २२ अंकमा आएर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहको परिसुचक ४६ अंकले घटेको छ । यसैगरी बैंकिङ समुहपनि झण्डै ५ अंकले घटेको छ ।

बजारमा विकास बैंक र फाइन्स वाहेक अन्य सवै समुहका परिसुचक ओरालो लागेका छन् । यी दुई समुहको परिसुुचक पनि सामान्य मात्र उकालो लागेका छन् ।

दिनभर बजारमा ५३ वटा कम्पनीको सेयर कारोवार भएको थियो । उक्त कम्पनीको ६ करोड रुपैयाँ बरावरको १ लाख ४७ हजार कित्ता सेयर मात्र कारोवार भएको छ ।

बजारमा सवैभन्दा इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको सेयर कारोवार बढी भएको छ । सो कम्पनीको १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ । दोस्रोमा एभरेष्ट बैंकको ६२ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL