Logo

माउन्टेन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन, यस्तो छ शेयर विवरण

माउन्टेन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन, यस्तो छ शेयर विवरण



काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत बुधवार कात्तिक २६ गते देखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।

त्यसैगरि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । यसको शेयर बिक्री प्रवन्धकमा भने नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL